२०८२ फाल्गुन १६, शनिबार १२:२८
२०८२ फाल्गुन १६, शनिबार १२:२८
हेटौंडा । देश अहिले निर्वाचनमय बनेको छ । राजनीतिक दलहरु आ–आफ्ना उमेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तीव्रता दिएका छन । मतदाता फकाउन उमेदवारहरु आफ्ना प्रतिबद्धता, प्रतिज्ञापत्र, वाचापत्रसहित हरेक मतदाताको घर पुगिरहेका छन । यसैक्रममा मकवानपुरमा पनि निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । मकवानपुरमा क्षेत्र नम्वर –२ मा पनि उमेदवार मतदाता फकाउन व्यस्त छन् । उनीहरुले आफूले जित्ने दाबी पनि गर्दै आएका छन । मकवानपुर क्षेत्र नम्वर–२ का एमालेका उमेदवार महेश बर्तौलाले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । एमाले उम्मेदवार कैलाश गाउँपालिकाका बर्तौला आफ्नो सक्रियता, संगठन र विगतमा गरेको विकासका कामबाट उत्साहित देखिन्छन् । उनी आफू मकवानपुरको विकास र राजनीतिमा…