Alag Dhar

मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

हेटौँडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रामेश्वर राना ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।

शुक्रबार हेटौँडा मा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवार रानाले वर्तमान निर्वाचन सामान्य आवधिक प्रक्रिया मात्र नभई विशेष परिस्थितिले सिर्जना गरेको महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, वैदेशिक हस्तक्षेपको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षण तथा लोकतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पत्रकार सम्मेलनमा बोल्दै रानाले संविधान र गणतन्त्र रगतसँग साटेर प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा गर्ने जिम्मेवारी नेकपा एमाले को काँधमा रहेको स्पष्ट पार्नुभयो। जेनजी आन्दोलनपछिको अवस्थामा अभिभावकविहीन देखिएको मुलुकलाई संवैधानिक र कानुनी बाटोमा अघि बढाउनु आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ थियो।

उम्मेदवार रानाले निर्वाचनबाट नयाँ जनादेश लिएर मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुशासन स्थापना गर्ने जिकिर गर्नुभयो। साथै सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचनाले युवालाई दिग्भ्रमित पार्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो।

विकासका सन्दर्भमा उहाँले मकवानपुर जिल्लामा केन्द्र, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वले पुर्‍याएको योगदान जनताले अनुभूति गरिसकेको दाबी गर्नुभयो। सडक सञ्जाल विस्तार, स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, कृषि, विद्युत, सहकारी, पर्यटन, तटबन्धन, सामाजिक सुरक्षा र गरिबी निवारणका क्षेत्रमा भएका कामले जिल्लाको समग्र विकासको आधार तयार भएको उहाँको भनाइ थियो।

हेटौंडाको सडक विस्तार जनताको हक सुरक्षित नगरी अघि बढाउन नहुने धारणा राख्दै उम्मेदवार रानाले प्रभावित नागरिकलाई आवश्यक क्षतिपूर्ति र उचित व्यवस्थापन गरेर मात्र सडक विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। साथै सडकलाई यथास्थितिमा राख्नु नहुने भन्दै योजनाबद्ध विकास अपरिहार्य भएको उल्लेख गर्नुभयो।
आफ्ना प्रतिबद्धतामा उहाँले रोकिएका तथा अधुरा रहेका विकास निर्माणका काम सम्पन्न गर्ने, युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत रोजगारी सिर्जना गर्ने, कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य अघि सार्नुभएको छ। हेटौंडा औद्योगिक क्षेत्रको विस्तारसँगै मयुरधाप नयाँ औद्योगिक क्षेत्रको विकासलाई तीव्रता दिने योजना पनि उहाँले प्रस्तुत गर्नुभयो।

त्यसैगरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण, पुराना बजारको आधुनिकीकरण, ग्रामीण क्षेत्रमा नयाँ बजार विस्तार, स्वास्थ्य बीमा सेवाको पुनः व्यवस्थापन तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालको सेवा सुविधा विस्तार गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

सामुदायिक विद्यालय र क्याम्पसको भौतिक पूर्वाधार सुधार गरी प्रविधिमैत्री शिक्षा सुनिश्चित गर्ने, सबै जाति, जनजाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षण गर्ने तथा मकवानपुर लाई देशकै उत्कृष्ट पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने योजना समेत उम्मेदवार रानाले अघि सार्नुभएको छ।
पत्रकार सम्मेलनको अन्त्यमा उहाँले मकवानपुर क्षेत्र नम्बर–१ का मतदातालाई सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन हार्दिक अपिल गर्नुभयो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन् ।

 

मुख्य समाचार

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.