Alag Dhar

निर्वाचन प्रचारका क्रममा आजपाकी उम्मेदवारमाथि आक्रमण

रौतहट । प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि चुनावी प्रचार प्रसारको क्रममा आक्रमण भएको छ । आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ ।

सोमवार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि आक्रमण भएको हो । आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरा स्थित आफ्नो घरमा आराम गरिरहेका छन् । डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् ।

सोमवार साँझ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार पार्टी अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले गुजरा ६ बेदौली गाउँमा घरदैलो कार्यक्रम गरिरहेका थिए । सोही क्रममा विपक्षी पार्टीका केहि कार्यकर्ताहरूले डिजे बजाउदै कार्यक्रम बिथोल्न खोजेका थिए । त्यही विपक्षी कार्यकर्तालाई सम्झाउन खोज्दा उनीहरुले धक्का दिएको र एकजना अपरिचित युवकले टाढैबाट लौरोले हान्दा नाकमा लागेर घाइते भएको मन्सुरीले बताए ।

घटना लगत्तै प्रहरी टोली त्यहाँ पुगेर अवस्था साम्य बनाएका थिए । प्रहरीलाई देख्नासाथ उनीहरू फरार भएका थिए । आक्रमण गर्नेहरूमा जसपा र रास्वपाका स्थानीय कार्यकर्ता रहेको उनले बताएका छन् । आजपाका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीले घटनाको सत्य तथ्य छानबिन गरी दोषी लाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.