Alag Dhar

पत्रकार विराट अनुपमको किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

हेटौंडा/ पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

किताबबारे बोल्दै प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले यो एक ऐतिहासिक राजनीतिकसंग्रह भएको बताए। कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने अनुपमले छोटो समयमै महत्त्वपूर्ण दस्ताबेज तयार पारेको उनको भनाइ थियो।

त्यस्तै, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले किताबमा पहिलो आमनिर्वाचनको विस्तृत तथ्यांकसहितका नवीन सूचना रहेको भन्दै अनुपमले पठनयोग्य पुस्तक तयार पारेको बताए। त्यसैगरी, लेखक तथा प्रा.डा. जगत नेपालले आफूले समेत थाहा नपाएका कतिपय नयाँ तथ्यांक किताबमा रहेकाले राजनीतिक विषयमा चासो राख्नेहरूका लागि यो उपयोगी पुस्तक भएको उल्लेख गरे।

लेखक अनुपमका अनुसार पहिलो आमनिर्वाचनका रोचक प्रसंगहरू किताबमा समावेश गरिएको छ। जसमा १०९ वटै निर्वाचन क्षेत्रको परिणाम, राजनीतिक दलका घोषणापत्र र तत्कालीन समयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका कभरेजलाई समेटिएको छ। साथै, नेपाली राजनीतिका ‘हेभिवेट’ नेताहरूको पराजय, बीपी कोइराला र राजा महेन्द्रबीचको दूरी तथा उम्मेदवार र मतदातासँगको प्रत्यक्ष संवादलाई पनि पुस्तकमा उतारिएको छ।

अनुपमले यसअघि डोरबहादुर विष्टको पुस्तक ‘रिपोर्ट फ्रम ल्हासा’लाई ‘ल्हासाको खबर’का रूपमा नेपालीमा अनुवाद गरिसकेका छन्।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.