Alag Dhar

Day: २०८२ फाल्गुन २०, बुधबार ११:१४

टिकटकर कार्कीसँग प्रहरीको सोधपुछ

टिकटकर कार्कीसँग प्रहरीको सोधपुछ

चितवन । मौन अवधिमा उम्मेदवारको प्रचार हुने ढंगले उम्मेदवारको सामग्री सामाजिक सञ्जालमा राखेपछि प्रहरीले टिकटकर रतन कार्कीसँग सोधपुछ गरेको छ ।  निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कार्कीमाथि प्रहरीले बुधबार सोधपुछ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालले कार्कीलाई सोधपुछका लागि बोलाइएको र आवश्यक सोधपुछपछि छाडिएको बताए । प्रहरीले मौन अवधिमा सार्वजनिक गरिएका उम्मेदवारसम्बन्धी सामग्री सामाजिक सञ्जालबाट हटाउन लगाएको छाडेको हो ।
Read More
म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो

म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो

म्याग्दी । बेनी नगरपालिका-३ भकिम्लीको डाँडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामा नयाँ जातको बाख्रा भित्र्याए छन् । उनले डाँडाखानीस्थित ‘श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म’मा अफ्रिकाबाट आएको ‘कालारी बोयर’ जातको बाख्रा भित्र्याएका हुन् । पाल्पाको रामपुरमा रहेको निजी फार्मबाट प्रजननका लागि कालारी बोयर जातका दुई बोका र दुईवटा माउ बाख्रा ल्याएर पालन गर्न थालेको श्रीसले बताए । उनले भने, “१४ वर्षदेखि विभिन्न उन्नत जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने क्रममा पछिल्लोपटक नयाँ कालारी बोयर जातको ल्याएको हुँ । यहाँको भूगोल र हावापानीमा पालेको कालारी बोयरबाट पाठापाठी उत्पादन सफल भएको छ ।” श्रीसका अनुसार दुईवटा बाख्राले शतप्रतिशत कालारी बोयर जातका दुई–दुईवटा…
Read More
निर्वाचनको अघिल्लो दिन आज काठमाडौँको सडक सुनसान

निर्वाचनको अघिल्लो दिन आज काठमाडौँको सडक सुनसान

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा सवारी साधन कम गुड्न थालेसँगै सडक सुनसान देखिएको छ । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट हाल्नका लागि बाहिरिएसँगै सडक सुनसान देखिएको हो ।
Read More
निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन २ बजे

निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन २ बजे

मकवानपुर ।  निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देश सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ब्रिफिङ गर्न पत्रकार सम्मेलन राखिएको हो । ‘बुधबार दिउँसो २ः ०० बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको छ’, भट्टराईले भने, ‘थप जानकारी त्यहीबाट पाउनुहुनेछ ।’
Read More
पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

वीरगन्ज । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए। ‘उनीहरूले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्,’ सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौँ।’ प्रहरीका अनुसार उनीहरूको साथबाट नौ थाल सुतली बम, केही तारलगायतका सामग्री पनि बरामद भएको छ।
Read More
रिपोर्टिङका लागि प्रेस पास अनिवार्य

रिपोर्टिङका लागि प्रेस पास अनिवार्य

मकवानपुर । निर्वाचनका दिन (फागुन २१ गते) पत्रकारले सूचना तथा प्रसारण विभागद्वारा जारी भएको पास भए निर्वाध रिपोर्टिङ गर्न पाउने भएका छन् । निर्वाचन आयोगद्वारा जारी भएका पासबाट समेत अरू सञ्चारकर्मी फिल्डमा जान सक्ने छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सूचना विभागको पास भएमा सञ्चारकर्मीले निर्वाध रूपमा रिपोर्टिङ गर्न पाउने व्यवस्था गरेको जानकारी दिनुभयो । “निर्वाचनका दिन अत्यावश्यक सवारीसाधनबाहेक सबै बन्द हुने छन् । सञ्चारकर्मीका हकमा सूचना विभागको पास भएमा रिपोर्टिङ गर्न पाउने व्यवस्था गरिएको छ । अरू आयोगले जारी गरेका पासले पनि फिल्डमा रिपोर्टिङ गर्न सकिने छ,” उहाँले भन्नुभयो । यस्तै सूचना तथा प्रसारण विभागका सूचना अधिकारी मीनकुमार…
Read More
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

मकवानपुर । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको…
Read More
आज मौसम बदली, भोलि मतदानका दिन आकाश खुल्ने

आज मौसम बदली, भोलि मतदानका दिन आकाश खुल्ने

काठमाण्डौं । आज तराईमा हुस्सु लागेको छ । त्यस्तै काठमाण्डौ उपत्यका सहित पहाडी क्षेत्रमा बादल छ । अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लागेको र ती क्षेत्रसहित बाँकी भागमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा आज दिउँसोसम्म हुस्सु कायम रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति तराईका केही ठाउँमा तुँवालो रहनेछ…
Read More
मकवानपुरमा निर्वाचनको अन्तिम तयारी सम्पन्न,तारजाली र सीसीटिभीजडित मतगणना स्थल तयार

मकवानपुरमा निर्वाचनको अन्तिम तयारी सम्पन्न,तारजाली र सीसीटिभीजडित मतगणना स्थल तयार

मकवानपुर । भोली अर्थात फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । ‘केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक समेत भइसकेको छ हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयका मतदान अधिकृत श्रीराम पुडासैनीले बताए । मकवानपुर जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल समेत तयार भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भुटनदेवि माध्यमिक बिद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयार गरिएको छ । उनका अनुसार मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ ।…
Read More

पत्रकार विराट अनुपमको किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

हेटौंडा/ पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्। किताबबारे बोल्दै प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले यो एक ऐतिहासिक राजनीतिकसंग्रह भएको बताए। कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने अनुपमले छोटो समयमै महत्त्वपूर्ण दस्ताबेज तयार पारेको उनको भनाइ थियो। त्यस्तै, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले किताबमा पहिलो आमनिर्वाचनको विस्तृत तथ्यांकसहितका नवीन सूचना रहेको भन्दै अनुपमले पठनयोग्य पुस्तक तयार पारेको बताए। त्यसैगरी, लेखक तथा प्रा.डा. जगत नेपालले आफूले समेत थाहा नपाएका कतिपय नयाँ तथ्यांक किताबमा रहेकाले राजनीतिक विषयमा चासो राख्नेहरूका लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.