Alag Dhar

म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो

म्याग्दी । बेनी नगरपालिका-३ भकिम्लीको डाँडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामा नयाँ जातको बाख्रा भित्र्याए छन् । उनले डाँडाखानीस्थित ‘श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म’मा अफ्रिकाबाट आएको ‘कालारी बोयर’ जातको बाख्रा भित्र्याएका हुन् ।

पाल्पाको रामपुरमा रहेको निजी फार्मबाट प्रजननका लागि कालारी बोयर जातका दुई बोका र दुईवटा माउ बाख्रा ल्याएर पालन गर्न थालेको श्रीसले बताए ।

उनले भने, “१४ वर्षदेखि विभिन्न उन्नत जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने क्रममा पछिल्लोपटक नयाँ कालारी बोयर जातको ल्याएको हुँ । यहाँको भूगोल र हावापानीमा पालेको कालारी बोयरबाट पाठापाठी उत्पादन सफल भएको छ ।”

श्रीसका अनुसार दुईवटा बाख्राले शतप्रतिशत कालारी बोयर जातका दुई–दुईवटा पाठापाठी जन्माएका छन् । “कालारी बोयर बाख्राकै एक प्रजाति हो । शरीरको रङ खैरो हुने भएकाले यसलाई कालारी नामकरण गरिएको हो”, उनले भने।

सबै शरीर कालो हुनेलाई ‘ब्याकबेरी’ र टाउको रातो, शरीर सेतो रङको हुने बाख्रालाई ‘स्टायडर्ड’ बोयर भनिने श्रीसले जानकारी दिए । उनले भने, “सबै विशेषता र गुण स्टाण्डर्ड बोयरसँग मिल्ने खैरो रङको कालारी बोयरको पाठापाठी नश्ल सुधारका साथै मासु र पूजाआजाका लागि बिक्री हुने गरेको छ ।”

प्रजनन (ब्याड_का लागि कालारी बोयर बाख्राको बोका प्रतिकिलो रु चार हजारमा बिक्री हुन्छ भने मासुका लागि अन्य जातका खसीबोकासरह नै हुने गरेको उनले बताए । उनका अनुसार छिटो हुर्कने, तौल बढी हुने र हेर्दा आकर्षक देखिने बोयर बाख्राको विशेषता हो ।

बोयर बोकाबाट स्थानीय जातका बाख्राको नश्ल सुधार गरेर जन्मिएका पाठापाठी पछि छिटो बढ्ने र तौल बढी हुने श्रीसले जानकारी दिए । उहाँको फार्मलाई सरकारले उन्नत जातको बाख्राका पाठापाठीका लागि स्रोत केन्द्रको मान्यता दिएको छ ।

श्रीसका अनुसार उक्त फार्ममा उत्पादन भएका बोयर, सिनाल, खरि, जमुनापारीलगायत जातका बोका तथा पठापाठी नश्ल सुधारका लागि देशभरका किसानले खरिद गरेर लैजाने गरेका छन् ।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले डाँडाखानीको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा भित्रिएको कालारी बोयर म्याग्दीका लागि नयाँ र पहिलो भएको पुष्टि गरे ।

१५ वर्ष विदेशमा बिताएका श्रीसले १४ वर्षअघि फार्म स्थापना गरेका थिउ । बाख्रापालनका लागि आवश्यक पर्ने पूर्वाधार, घाँसखेती र पाठापाठीका लागि हालसम्म रु दुई करोड लगानी भएको उनले जानकारी दिए। उनले बाख्रापालनका लागि ६० रोपनीमा डालेघाँस र करिब ३० रोपनीमा जैघाँसखेती गरेका छन् ।

बर्खामा प्रशस्त पाइने हरियो मकैको घोगासहितको ठाँडलाई हिउँदमा खुवाउनका लागि साइलेज बनाएका छन् । श्रीसको फार्ममा हाल माउ र पाठापाठी गरेर ४० वटा बाख्रा छन् । वार्षिक रूपमा ३० देखि ४० वटा पाठापाठी बिक्री हुने गरेको उनले बताए ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.