Alag Dhar

मकवानपुरमा निर्वाचनको अन्तिम तयारी सम्पन्न,तारजाली र सीसीटिभीजडित मतगणना स्थल तयार

मकवानपुर । भोली अर्थात फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

‘केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक समेत भइसकेको छ हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयका मतदान अधिकृत श्रीराम पुडासैनीले बताए । मकवानपुर जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल समेत तयार भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ भुटनदेवि माध्यमिक बिद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयार गरिएको छ ।

उनका अनुसार मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । मतगणना स्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उनले जानकारी दिए । दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा एकै पटक चार ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ ।

मतदानपश्चात मतपेटिका ढुवानीका लागि सवारी साधनको समेत व्यवस्था भइसकेको छ । मकवानपुरका बिकट गाउँबाट मतपेटिकाहरु ल्याइपुग्नका लागि मतदान सकिएको चार घण्टा सम्म पनि लाग्ने छ ।

मुख्य समाचार

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

हेटौँडा । पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन भइरहेको छ। ‘अग्रजलाई सम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.