Alag Dhar

टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

हेटौँडा । पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन भइरहेको छ। ‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन, कला र गलाको उत्थान हाम्रो अभियान’ भन्ने मूल नारासहित ‘हाम्रो लुकिरहेको प्रतिभाको खोजी’ संस्थाले साउन २२ गतेदेखि प्रतियोगिता सञ्चालन गरिरहेको हो।

संस्थाको टिकटक आईडीमार्फत प्रत्यक्ष प्रसारण हुने प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपाली प्रतिभाहरू सहभागी भइरहेका छन्। संस्थाका संस्थापक पारस बुढाका अनुसार गाउँ–बस्तीमा लुकेका प्रतिभाको पहिचान गर्नुका साथै नेपाली लोकगीत तथा संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

संस्थाले वर्षमा दुईपटक प्रतियोगिता सञ्चालन गर्दै आएको र यसअघि नौवटा सिजन सम्पन्न गरिसकेको जनाएको छ। हाल सिजन–१० सञ्चालन भइरहेको छ। संस्थाका अध्यक्ष सुन्दर खड्काको सभाध्यक्षता तथा समाजसेवी एवं सहयोगी खुसी थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भइरहेको हो।

प्रतियोगितामा कुल १२६ जना सहभागी रहेको संस्थाले जनाएको छ। प्रथम हुने प्रतिस्पर्धीले ३१ हजार रुपैयाँ, द्वितीयले २१ हजार, तृतीयले ११ हजार र सान्त्वना स्थान हासिल गर्ने प्रतिस्पर्धीले ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताका निर्णायकमा नारायण न्यौपाने, गोमा ओली र बिमा कुमारी अनुरागी रहेका छन्।

कार्यक्रम संचालन गर्नको लागि कार्यक्रमका प्रमुख अथिति नेपाल घर भोजपुर भई हाल अमेरिका निवासी खुशी थापा, संस्थाका व्याब्स्थापक नेपाल घर सल्यान भई हाल अमेरिका निवासी तारादेव डाँगी, तेस्तै संस्थाका सल्लाहकार नेपाल घर बाग्लुङ भई हाल पोर्चुगल निवासी मिलन थापाले जनही पचास पचास हजार यसैगरी कार्यक्रमका अध्यक्ष सुन्दर खड्का बाट प्रथम पुरस्कार यसै गरि नेपाल घर चितवन भई हाल अस्ट्रेलिया निवासी मनिष ढकालले कार्यक्रमको लागि तेश्रो पुरस्कार, नेपाल घर भोजपुर भई हाल कतार निवासी नवराज मास्के बाट कार्यक्रमको लागि तीनहजार र अशक्त सुनिता थारुलाइ थप एकहजार सहायोग प्राप्त भएको संस्थाकी कोषाध्यक्ष शोभा उप्रेतीले जानकारी दिनुभयो।

कार्यक्रममा मल्लिका गुरुङ, नवीन डीसी, शान्त सेती मगर र गोरख डाँगीले सञ्चालनको जिम्मेवारी सम्हालिरहेका छन्। प्रतियोगिता नेपाली समयअनुसार हरेक दिन साँझ ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुँदै आएको छ।

मुख्य समाचार

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

टिकटकमा लोकदोहोरीको भिडन्त, प्रथम हुनेलाई ३१ हजार

हेटौँडा । पछिल्लो समय लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत प्रतिस्पर्धात्मक लोकदोहोरी प्रतियोगिता सञ्चालन भइरहेको छ। ‘अग्रजलाई सम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.