Alag Dhar

चितवन २ मा रवि लामिछानेको ह्याट्रिक

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ह्याट्रिक पूरा गरेका छन्। शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै पुन: संसदको यात्रा तय गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत मात्रै पाइन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ, जुन यो क्षेत्रको निर्वाचन इतिहासमै निकै शक्तिशाली अन्तर हो।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मतमा चित्त बुझाएका छन्। चितवन २ मा कुल ८७ हजार ०२८ मत गणना भएको थियो।

यसअघि २०७९ सालको आम निर्वाचनमा लामिछानेले ३४ हजार २८१ मतान्तरले जित निकाल्दै ४९ हजार ३०० मत पाएका थिए। त्यसबेला उनले कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए। तर, नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि उनले ५४ हजार १७६ मतसहित भारी जित निकालेका थिए।

उपनिर्वाचनमा कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए। यसपटकको निर्वाचनमा लामिछानेले आफ्नै पुरानो रेकर्ड सुधार्दै मतान्तरलाई झण्डै ४० हजार पुर्‍याएका छन्।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.