Alag Dhar

मकवानपुरको दुवै क्षेत्रमा रास्वपा अगाडि


हेटौंडा/ प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्मको मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दुवै क्षेत्रमा अग्रस्थानमा देखिएका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमले १९ हजार २३५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेकपा (एमाले) का उम्मेदवार रामेश्वर राना मगरले ३ हजार ९९९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २ हजार ३७६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले १ हजार १६१ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार सुरेन्द्र लामाले ७५९ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा मा ९१ हजार २ सय ४१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेतीले ११ हजार ९३३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार महेश कुमार वर्तौलाले ५ हजार ७८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले ५ हजार ६४३ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार लवशेर विष्टले पनि ५ हजार ६४३ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रविन कुमार स्याङतानले १ हजार ५६५ मत प्राप्त गरेका छन्।

हाल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझै केही समय लाग्ने बताइएको छ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.