Alag Dhar

अध्यक्षबाट राजीनामा दिएका पोखरेललाई पार्टीले गर्‍यो पदमुक्त, कार्यवाहक अध्यक्षको जिम्मा हिदम लामालाई

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनवमा जिल्लाका दुबै क्षेत्रमा पराजित भएपछि नेकपा एमाले मकवानपुरको अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका श्रीधर पोखरेललाई नेकपा एमाले जिल्ला सचिवालयले पदमुक्त गर्ने निर्णय गरेको छ । आइतबार बिहान राजीनामा दिएका पोखरेललाई आइतबार दिउँसो बसेको सचिवालय बैठकले पदमुक्त गर्ने निर्णय गरेको सचिव सीता विष्टले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

राजीनामा दिएका अध्यक्ष पोखरेललाई पदमुक्त गरेर एमाले मकवानपुरले उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको सचिव विष्टले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तिमा पार्टी अध्यक्ष पोखरेल विगत ५ महिनादेखि पार्टीको नियमित काम र सम्पर्कमा समेत नरहेको उल्लेख गरिएको छ । पार्टीको नियमित काम र गतिविधिमा सम्पर्क र सहभागिता नजनाई, पार्टीलाई कुनै जानकारी नगरी मौन बसेको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत राजीनामा दिएको अभिव्यक्तिलाई पार्टीले गम्भीरताका साथ लिएको विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमाले विभाजन हुँदा माधव नेपाल पक्षको नेकपा समाजवादीमा सक्रिय हुनुहुन्थ्यो । २०७९ सालको स्थानीय निर्वाचनका बेला एमाले फर्कनु भएका पोखरेल पार्टीको ११औं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको हो ।

 

मुख्य समाचार

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। ...
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.