Alag Dhar

नेकपा एमाले मकवानपुरका अध्यक्ष पोखरेलद्वारा राजीनामा घोषणा

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा जिल्लाको दुबै क्षेत्रमा पराजित हुने भएपछि नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजीनामा घोषणा गर्नुभएको छ । आइतबार बिहान मकवानपुर–२ को नतीजा सार्वजनिक हुँदा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती विजयी भइसकेका छन् भने क्षेत्र नम्बर १ मा पनि रास्वपा जीत नजिक छ ।

‘आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशव्यापीरुपमा पार्टीले व्यहोर्नु परेको परिणामको गम्भीर समीक्षा हुनुपर्ने उल्लेख गर्नुहुँदै जिल्ला अध्यक्ष पोखरेलले आफूले जिल्ला अध्यक्ष पदबाट राजीनामा घोषणा गर्नुभएको हो । पार्टीको तल्लो तहदेखि नेतृत्वसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँले पार्टी अध्यक्षदेखि महासचिव लगायतले पराजयको जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठन गर्नुपर्ने स्पष्ट पार्नुभएको छ ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.