Alag Dhar

वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, धेरै मूल्यमा बेच्नेमाथि निगरानी

काठमाण्डौ । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै यसको असर नेपालमा पर्न सक्ने जोखिम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्याङ्क मागेको छ ।

अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस कार्ययोजना पेस गर्न र सबै सरोकारवालासँग छलफल गर्न निर्देशन दिइएको विभागका निर्देशक नरहरि तिवारीले बताउनुभएको छ ।

उपभोक्ताले सहजै ग्यास पाउन नसकेको झन्डै दुई महिना भइसकेको छ । उपभोक्ता मर्कामा परेका छन् । तर निगमले ग्यासको आपूर्तिमा अहिलेसम्म कुनै समस्या नरहेको दाबी गर्दै आएको छ । ग्यास अभाव नभएको भने पनि केही बिक्रेताले निगमतले तोकेको प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँभन्दा धेरै मूल्यमा ग्यास बिक्री गरिरहेका छन् ।

निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा मागअनुसार ग्यास आपूर्ति भइरहेको र कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने बिक्रेतामाथि कडा निगरानी भइरहेको बताउनुभएको छ । धेरै मूल्य लिने बिक्रेतालाई कारबाही गर्ने अधिकार वाणिज्य विभागसँग रहेको र त्यसका लागि जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

ठाकुरका अनुसार ग्यास वितरणलाई पारदर्शी बनाउन निगमले हिजो उद्योगी र बिक्रेतालाई बोलाएर निर्देशन पनि दिएको छ । यसअनुसार अबदेखि ग्यास उद्योगीले कुन बिक्रेता (डिलर) लाई कति ग्यास पठाएको हो, त्यसको स्पष्ट रेकर्ड राख्नुपर्नेछ । त्यस्तै बिक्रेताहरूले पनि कुन उपभोक्तालाई ग्यास बिक्री गरेको हो, उनीहरूको नाम र फोन नम्बरसहितको विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

निगमले अहिले होटल तथा औद्योगिक प्रयोजनभन्दा ‘घरायसी प्रयोजन’ लाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीलाई निर्देशन दिएको छ । ग्यासको मौज्दात नराख्न र आवश्यकताका आधारमा मात्र वितरण गर्न भनिएको छ । उपभोक्तालाई पनि अनावश्यक मौज्दात नगर्न भनिएको छ ।

मुख्य समाचार

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ । हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको...
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.