Alag Dhar

महावीर पुनले सार्वजनिक गरे चुनावी खर्च: २८ लाख ६८ हजार

म्याग्दी । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्।

पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्।

उनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ।

जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ।

पुन १४ हजार ९३१ मतान्तरले म्याग्दीमा विजयी भएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत ल्याएका थिए।

निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारहरूले आयोगमा खर्च विवरण बुझाउनुपर्छ।

मुख्य समाचार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.