Alag Dhar

चैत महिनाका लागि वाणिज्य बैंककाे नयाँ ब्याजदर सार्वजनिक

काठमाण्डौ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदरअनुसार फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ ।

चैत महिनाका लागि बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ । गएको फागुनमा ब्याजदर व्यक्तिगततर्फ ४.५६ र संस्थागततर्फ ३.३३ प्रतिशत विन्दुमा थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १४ वटाले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घटाउनेहरूमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत विन्दुले घटाएको छ ।

मुख्य समाचार

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । अधिव...
सुधन र महावीरले लिए शपथ

सुधन र महावीरले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र ...
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौड...
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाण्डौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियो...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.