२०८२ चैत्र १, आईतवार ०८:५३
२०८२ चैत्र १, आईतवार ०८:५३
मकवानपुर । मध्यपूर्वमा चलिरहेको युद्ध १५औँ दिनमा झन् चर्किँदै गएको छ । इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जना स्वास्थ्यकर्मी मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा अहिले सम्म ७ सय ७३ भन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसैबीच हिजबुल्लाह समूहले इजरायलको उत्तरी क्षेत्रमा ड्रोन तथा रकेट आक्रमण गरेको दाबी गरेको छ भने इरानले पनि इजरायलमाथि मिसाइल प्रहारलाई निरन्तरता दिएको बताइएको छ । खाडी क्षेत्रमा पनि तनाव बढेको छ । बहराइनले युद्ध शुरू भएयता १ सय २४…