Alag Dhar

दुर्घटनामा ज्यान गुमाउने र घाइते सबै भारतीय नागरिक

मकवानपुर । गोरखामा माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको पहिचान खुलेको छ ।

शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका -३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको इभी माइक्रोबस सडकबाट करिब २ aसय मिटर तल खस्दा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने क्रममा अचानक नियन्त्रण गुमाएर सडकबाट दुई सय मिटर तल झरेको थियो ।

१४ जना सवार मध्ये सात जनाको घटनास्थलमै मृत्यु भएकोमा पाँच पुरुष र दुई जना महिलाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइतेलाई चितवनको भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरू भारतीय नागरिकको रहेको प्रहरीले जनाएको छ ।जसमा भारतका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीय मिनाक्षी, ५३ वर्षीय सिबगामी, ५७ वर्षीय बिजायल, ५८ बर्षिय मिना र ६० वर्षीय तमिलारशी सबै एकै ठाउँका भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरत बहादुर बिकले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर घाईतेहुनेमा माइक्रोबस चालक लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका –१ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी, सहचालक लमजुङ बेँसीसहर नगरपालिका –३ का २९ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।

त्यस्तै अन्य घाईतेहनेमा भारतका ६२ वर्षीय सोरनस, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीय शुभद्रा, ६५ वर्षीय मयाल, ७३ वर्षीय सरोजा, ६५ वर्षीय भाग्यलक्ष्मी र ३४ वर्षीय मिनाक्षीलाई चितवनको पुरानो मेडिकल कलेज उपचार भइरहेको छ ।

घट्नापछि प्रहरी टोली र स्थानीय सहयोगमा थप उद्धारकार्य सम्पन्न गरी मृतक शवलाई गोरखा अस्पताल ल्याउने काम भइरहेको छ भने गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.