Alag Dhar

तीन वटा फर्मलाई जरिवाना

काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ ।

स्थलगत अनुगमनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो ।

थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

मुख्य समाचार

आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्र...
आज सुनको मुल्य  घट्यो

आज सुनको मुल्य घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी...
मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी :  विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर

मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी : विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबर

काठमाण्डौं । विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ । यो खेलमा अर्जेन्टिनाका क...
तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

तेस्रो बागमती खेलकुद : पुरुष क्रिकेटमा मकवानपुर सेमिफाइनल प्रवेश

हेटौँडा । बागमती खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुर पुरुष क्रिकेट टोलीले सेम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.