Alag Dhar

हेटौंडा बचतको अध्यक्षमा वाईवा निर्वाचित

काठमाडौँ । हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु वाइबा निर्वाचित हुनुभएको छ । वाइबाले १ हजार ६ सय १७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रामशरण गौतमले १ हजार १ सय ३८ मत प्राप्त गर्नुभयो ।

निर्वाचन समितिका अनुसार कुल ३३ मत बदर भएका थिए । संस्थाको उपाध्यक्ष पदमा खडानन्द चौलागाईं १ हजार १ सय ९० मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी दीप प्रसाद अधिकारीले १ हजार ३३ मत र सितराम प्रधानले ३ सय ६९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, कोषाध्यक्ष पदमा मोनिका पौडेल १ हजार ६ सय ४१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी भीमसेन गौतमले १ हजार ३५ मत प्राप्त गर्नुभयो ।
लेखा संयोजक पदमा विष्णु प्रसाद अर्जेल १ हजार ८ सय १९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने अर्का उम्मेदवार कबिन पन्तले ७ सय ८८ मत प्राप्त गर्नुभयो । यसअघि नै सचिव पदमा युवराज गौतम निर्विरोध निर्वाचित भइसकेका छन् ।

संस्थाको सदस्य पदमा अम्बिका कार्की, धुर्बकृष्ण कुवँर, उर्मिला चौलागाईं र सरस्वती थापा निर्विरोध चयन भएका छन् । त्यसैगरी, लेखा समिति सदस्यमा सौरभ अधिकारी र कुसुम रिजाल तथा ऋण उपसमिति सदस्यमा कृष्णप्रसाद दाहाल र भक्तबहादुर केशी पनि निर्विरोध निर्वाचित भएका छन् ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.