Alag Dhar

राष्ट्रिय युवा सङ्घद्वारा स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग

हेटौंडा । राष्ट्रिय युवा सङ्घले स्थापना दिवसको अवसरमा जिल्ला युवा सङ्घ नेपाल मकवानपुर ले हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालयमा खाद्यान्न सहयोग गरेको छ।४५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा खाद्यान्न अभाव रहेको जानकारी पाएपछि जिल्ला कमिटीले आवश्यक खाद्यान्न (दाल,चामल,तेल, तरकारीमा मस्यौरा लगायतका) ५० हजार रुपैयाँ बढी सामग्री सहयोग गरेको जिल्ला अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो।

स्थापना दिवसकै अवसरमा हेटौँडा–१० स्थित वन समितिको क्षेत्रमा वृक्षारोपण कार्यक्रमसमेत गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि रामेश्वर रानाले विद्यालय स्थापनाकालदेखि नै आफूहरू विभिन्न गतिविधिमा जोडिँदै आएको स्मरण गर्दै एउटा छाप्रोबाट सुरु भएको विद्यालय अहिले बृहद् भवनसहित अघि बढेको देख्दा खुसी लागेको बताउनुभयो। उहाँले आफु जिल्ला समन्वय समितिमा रहँदादेखि नै विद्यालयलाई सहयोग गर्दै आएको उल्लेख गर्दै हेटौँडा–११ का गुरु प्रेमप्रसाद पराजुलीले विद्यालयप्रति देखाउनुभएको समर्पणको समेत प्रशंसा गर्नुभयो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले आवश्यक खाद्यान्न उपलब्ध गराएर युवाहरूले देखाएको सहयोग र एकताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यक्रम जिल्ला अध्यक्ष राजेश नगरकोटीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि रामेश्वर राणा, विशिष्ट अतिथि एकलाल श्रेष्ठ, जिल्ला कार्यवाहक अध्यक्ष हिदम लामा, फुर्वा लामा,सिता बिष्ट लगायत प्रदेश, जिल्ला तथा नगरस्तरका युवाहरूको उपस्थिति रहेको थियो।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.