Alag Dhar

आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पञ्जाबलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाण्डौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफ सम्भावना कायमै राखेको छ । हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए । यो जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ ।

यसअघि हिजै भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) आईपीएलको प्लेअफमा पुगेको छ । धर्मशालामा भएको खेलमा पञ्जाब किंग्सलाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ । पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो ।

आईपीएलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा बेलुकी पौने ८ बजे हुनेछ ।

मुख्य समाचार

इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.