Alag Dhar

पानी रोकिएपछि चर्कियो गर्मी

काठमाण्डौं । वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो । अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । यस्तै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।

भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.