Alag Dhar

२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयद्वारा विध्यालयहरूसंगको सहकार्यमा २० जना विपन्न विध्यार्थीलाई निस्शुल्क पढाउने भएको छ । ४ नं. वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि, हेटौँडा-४ बीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागूहुने गरि यस्तो सम्झौतारप्रतिबद्वता भएको हो ।

सम्झौतारप्रतिबद्वता पत्रमा ४ वडा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी मावि, हेटौँडा-४ को तर्फबाट प्रअ सूर्यप्रसाद घिमीरे र आधुनिक राष्ट्रिय मावि, हेटौँडा-४ को तर्फबाट प्रअ रामसागर गुरागाईँले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा छात्रवृत्तिको मापदण्डमा अति विपन्न, दलित, सिमान्तकृत, द्वन्द पिडीत, भूमीहिन, अभिभावक विहिन, सडक बालबालिका, साथै विशेष प्राथमिकताका क्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकूद, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता हासिल गर्ने छात्र/छात्रा उल्लेख गरिएको छ ।

दुवै विध्यालयमा १०/१०जना कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट र विध्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । विध्यालय यहि शैक्षिक वर्ष २०८३ देखि कार्यान्वयनमा ल्याउने, शैक्षिक वर्ष शुरूवातसंगै नवीकरण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

आर्थिक अभाव कारणले विध्यार्थी पढाईबाट बच्चित नहोउन भन्ने मूख्य उदेश्यले पुर्ण रूपमा निस्शुल्क छात्रबृद्विको व्यवस्था गरिएको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.