Alag Dhar

ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट

केप क्यानाभेरल । अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठुलो धक्का लागेको छ । कम्पनीको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको लन्च प्याडमा बिहीबार परीक्षणका क्रममा विस्फोट भएको छ ।

घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खडा गरेको छ । कम्पनीका अनुसार ‘हटफायर’ परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो । एक्समार्फत जारी संक्षिप्त वक्तव्यमा कम्पनीले सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा करिब ९८ मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवाँ निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ । न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ । विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताउनुभएको छ ।

उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्किने प्रतिबद्धता व्यक्त गर्नुभयो । ब्लू ओरिजिनका प्रमुख प्रतिस्पर्धी कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई अत्यन्त दुर्भाग्यपूर्ण घटना भन्नुभयो । फ्लोरिडाका सांसद माइक ह्यारिडोपोलोसले आफू नासाका प्रशासक जारेड आइज्याकम्यानसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

उहाँले कुनै घाइते नभएकोमा राहत व्यक्त गर्दै तत्काल सक्रिय भएका उद्धारकर्मी, इन्जिनियर र प्रक्षेपण टोलीप्रति आभार प्रकट गर्नुभयो । नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्यान्डर विकासमा सहकार्य गरिरहेका छन् । आइज्याकम्यानले पनि नासालाई घटनाबारे जानकारी रहेको उल्लेख गर्दै अन्तरिक्ष उडान अत्यन्त कठिन र त्रुटिप्रति असहिष्णु क्षेत्र भएको बताउनुभयो ।

उहाँका अनुसार साझेदार संस्थासँग मिलेर घटनाको विस्तृत अनुसन्धान, निकट भविष्यका मिसनमाथिको प्रभाव मूल्याङ्कन तथा पुनः प्रक्षेपण तयारीको काम अघि बढाइने छ । ब्लू ओरिजिन यसअघि पनि समस्याबाट गुज्रिएको थियो । गत महिना न्यू ग्लेन रकेटले सञ्चार उपग्रहलाई निर्धारित कक्षामा पुर्याउने अभियान पूरा गर्न सकेको थिएन ।

यद्यपि कम्पनीले रकेटको बूस्टर पुनः प्राप्ति र पुनः प्रयोग सम्बन्धी परीक्षण सफल भएको दाबी गरेको थियो, तर चालकविहीन अभियानले एएसटी स्पेसमोबाइलको उपग्रह निर्धारित स्थानमा पुर्याउन असफल भएको थियो । त्यसपछि अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए)ले कम्पनीलाई दुर्घटना अनुसन्धान गर्न निर्देशन दिएको थियो । कम्पनीका अनुसार सो अनुसन्धान यस महिनाको सुरुमै सम्पन्न भइसकेको छ । मे २२ मा ब्लू ओरिजिनले अत्यधिक तापीय अवस्थाका कारण रकेटको एउटा इन्जिनले अपेक्षित पूर्ण शक्ति उत्पादन गर्न नसक्दा लक्ष्यित कक्षा गुमेको जनाएको थियो । रासस÷एएफपी

मुख्य समाचार

इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.