Alag Dhar

अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड मध्य पहाडी राजमार्गमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगर बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका–५ बस्ने ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० का सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेल र जीपका चालक नेपालगञ्ज उपमहानगरपालिका–५ बस्ने राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.