Alag Dhar

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेरअघि नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो । सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा हुनुहुन्छ ।

सत्तारूढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्त्वका साथ हेरिएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार ५ दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

लामिछानेको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.