Alag Dhar

भैरहवाको तापक्रम ४१ डिग्री पुग्यो, गर्मी अझै बढ्ने

काठमाण्डौं । पानी पर्ने क्रम कम भएसँगै गर्मी ह्वात्तै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम हिजो बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।

हिजो सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगञ्जमा ३९.५, जनकपुरमा ३८.२, सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यस्तै काठमाण्डौमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम हिजो बढेर ३९.६ डिग्री सेल्सियस मापन भएको छ ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।

मुख्य समाचार

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक ग...
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् ।...
२३ जिल्लामा बाढीको जोखिम

२३ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं ।  आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान  महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, का...
एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

काठमाण्डौं ।  काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ । काठमाण्डौसहित धेरै ठाउँमा अहिले घ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.