Alag Dhar

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेश प्रदेशका एकरदुई ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ ।

वर्षासँगै चट्याङ्गको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा कोशी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा वा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ । त्यसै गरी बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेशका केही ठाउँमा राति पनि मेघ गर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन् ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.