Alag Dhar

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको सो अभिव्यक्ति हटाउन सभामुखबाट आउने आदेशको व्यग्र प्रतीक्षा गरिरहेको पनि बताए । साथै उनले प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिने आशामा आफू रहेको बताए ।

उनले सुस्तामा भारतीय सुरक्षा फौज एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेकोमा आपत्ति जनाए । यस विषयमा उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।

सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाएर मोबाइलको हत्या गर्नेलाई नसिहत दिन तथा कैलालीमा टेम्पो गुल्टाउनेमाथि आवश्यक कारबाही गर्न माग गरे ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.