Alag Dhar

लगातार दोस्रो जीतसँगै मेक्सिको नकआउट चरण पुग्ने पहिलो टोली

काठमाण्डौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ मा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको हो ।

खेलको ५०औँ मिनेटमा मिडफिल्डर लुइस रोमोले गरेको गोल नै निर्णायक बन्यो । दक्षिण कोरियाका गोलरक्षक किम सिउङग्युले नियन्त्रण गर्न नसकेको बल रोमोले खाली पोस्टमा सहज गोल गरेका थिए।

दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरे पनि अन्तिम समयमा गोलरक्षक राउल राङ्गेल ले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए। कप्तान सोन ह्युङ–मिन को पहिलो हाफको प्रयास भने अफसाइडका कारण गोलमा परिणत हुन सकेन।

यस जितसँगै मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै यसअघिका खेलमा क्यानडाले कतारलाई ६–० गोल । स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । चेक गणतन्त्र र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन्।

मुख्य समाचार

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यम...
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर...
तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र सा...
खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.