Alag Dhar

वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

हेटौँडा । हेटौँडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला सुनाएको छ । उनीहरूको अभिभावकबाट साढे ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ ।

जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले हेटौँडा उपमहानगरपालिका-१४ का १८ वर्षीय सुजितकुमार लामालाई बलात्कार घटनाको मुख्य मतियार ठहर गर्दै साढे ३ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश भएको छ ।

यसैगरी उक्त घटनाका ६ जनालाई १० वर्ष कैद तोकिएको भए पनि नाबालक भएकाले २ तिहाई मात्र कैद फैसला गरेको छ । यी ६ जना १८ वर्षमुनिका छन् । उनीहरूको अभिभावकबाट ६ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

एक जना १५ वर्षका भएकाले उनलाई ३ वर्ष कैद र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । दोषी ठहर भएका सुजित लामा पूर्पक्षका लागि भीमफेदी कारागारमा थुनामा छन् । अन्य ७ नाबालक हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित बालसुधार गृहमा छन् । उक्त घटनामा संलग्न रहेका २ किशोर फरार छन् ।

गत ६ माघमा हेटौँडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिरमाथिको जंगलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै एक किशोरीले दिएको उजुरीको आधारमा ८ जनालाई प्रहरीले गत २२ फागुनमा पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये जिल्ला अदालत मकवानपुरले एक युवकलाई पूर्पक्षका लागि भीमफेदी कारागारमा थुनामा राख्न आदेश गरेको थियो भने ७ नाबालकलाई हेटौँडास्थित बालसुधार गृहमा राख्न पठाएको थियो ।

किशोरीले आफूलाई सामूहिक बलात्कार गरेको भन्दै गत २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् । किशोरीकै जाहेरीको आधारमा ८ जनालाई प्रहरी पक्राउ गरेको थियो । अदालतद्वारा दोषी ठहरिएका किशोर र जोहेरी दिएकी किशोरी हेटौँडास्थित एकै क्याम्पसका विद्यार्थी हुन् । पीडित किशोरी स्नातक तह र किशोरहरू दस जोड दुईका विद्यार्थी हुन् ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.