Alag Dhar

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार तेस्रो खेल हारेको छ ।

नेदरल्यान्ड्समा चलिरहेको शृङ्खलाअन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल नामिवियासँग ३ रनले पराजित भएको हो । २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले ४५ रन, कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८, कुशल भुर्तेलले ३४ तथा गुल्शन झाले अविजित १९ रन बनाए ।

नामिवियाका लागि ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पलमनले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिवियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।  जान फ्रायलिंकले १४९ बलमा शतक पूरा गरे । लाउरेन स्टिनकाम्पले ५९ रन बनाए । नेपालका करण केसीले ५ विकेट लिए । यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् ।

यसअघि नेपाल आयोजक नेदरल्याण्डससँग ६ विकेटले र नामिवियासँग ८ विकेटले पराजित भएको थियो । लगातार तेस्रो हारसँगै नेपालका लागि लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ ।

नेपालले अब शृङ्खलाको अन्तिम खेल भोलि आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.