Alag Dhar

चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई चिनियाँ कृत्ति बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनियाँ एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडेलहरूको ‘प्रयोग’ को बारेमा अनुसन्धान गर्न आह्वान गरेको र ‘अमेरिकी बौद्धिक सम्पत्तिको चोरी’ जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो ।

चीनले विज्ञान–प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने र उपकरणीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ, साथै सबै प्रकारका आधारहीन बहानामा चिनियाँ कम्पनीहरूलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । धेरै अमेरिकी एआई कम्पनीहरूले अनुसन्धान, विकास र प्रशिक्षणको क्रममा चिनियाँ मोडेलहरू प्रयोग गरेका पनि उहाँले दाबी गर्नुभयो ।

अमेरिकाले दुई राष्ट्र प्रमुखहरूको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै एआईमा संवाद र सञ्चारलाई बलियो बनाउने तथा एआईलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने तथा विश्वको फाइदाका लागि एआई प्रशासनलाई अगाडि बढाउँदै यसको सुधार गर्ने समेत उहाँले अपेक्षा गरेको बताउनुभएको छ  । उहाँले चिनियाँ एआई कम्पनीहरू लामो समयदेखि आधारभूत अनुसन्धानमा संलग्न रहेको  र ‘फ्रन्ट–इन्ड कोडिङ’ क्षमताहरू सहित बढ्दो संख्यामा प्रगति गरिरहेको समेत स्पष्ट पार्नुभएको छ ।

उहाँले चिनियाँ कम्पनीहरूले विकास गरेका एआई मोडेलहरूको सार्वजनिक मिति अमेरिकी मोडेलको धेरै नजिक रहेको भए पनि यस्ता तथ्यहरूलाई अमेरिकाले बेवास्ता गरेको समेत आरोप लगाउनुभएको छ । साथै  केही चिनियाँ मोडेलहरूले पहिले नै यस्ता  क्षमताको अग्रणी स्तर हासिल गरिसकेकाले नवीनता कुनै एक पक्षको अनन्य अधिकार नभएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.