Alag Dhar

काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वर्षा, तराइमा केही दिन गर्मी बढ्ने

काठमाण्डौ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै इलाममा ६७ मिलिमिटर वर्षा मापन भएको छ ।

विषेश गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा केन्द्रित बनेको छ । महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग साथै बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ । यो क्रम भोलिसम्म नै रहने अनुमान छ । तर ठूलो वर्षा भने हुने देखिँदैन ।

यसैबिच मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

ठूलो वर्षाको सम्भावना नभएकोले बाढी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माणसम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ ।

मुख्य समाचार

काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वर्षा, तराइमा  केही दिन गर्मी बढ्ने

काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वर्षा, तराइमा केही दिन गर्मी बढ्ने

काठमाण्डौ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमा...
सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो

सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो

काठमाण्डौ ।  कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोला...
हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल,  पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृ...
पत्रकार खेम भण्डारी कारागारबाट रिहा

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हु...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.