Alag Dhar

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनीले जनाएको छ ।

उत्तर कोरियाली राज्य–समर्थित ह्याकरहरूले सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रका लक्ष्यहरूविरुद्ध साइबर आक्रमणलाई अझ सशक्त बनाउन एआई प्रयोग गरिरहेका प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।

एआईको तीव्र विकासले खराब नियत भएका व्यक्तिहरू वा अनियन्त्रित बन्न सक्ने प्रणालीहरूबाट हुने सम्भावित क्षतिबारे चिन्ता बढाएका बेला साइबर सुरक्षा प्रतिवेदन सार्वजनिक भएको हो ।

प्रतिवेदनमा दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी ‘जेनियन्स’ का अनुसार उत्तर कोरियाको गुप्तचर निकायसँग सम्बन्धित ‘किम्सुकी’ नामक ह्याकिङ समूहले सन् २०२६ देखि ‘स्पियर–फिसिङ’ आक्रमणको एउटा ‘ढाँचा’ मा एआईद्वारा तयार पारिएका कागजातहरूको प्रयोग गर्दै आएको छ ।

प्रतिवेदनका अनुसार पत्ता लाग्नबाट बच्नका लागि ‘किम्सुकी’ ले इन्टरनेट जडानविना नै ‘लार्ज ल्याङ्ग्वेज मोडल’ हरू सञ्चालन गर्न ओल्लामा, जीपीटी–फोरअल र म्सिटी जस्ता खुला स्रोतका उपकरणहरू प्रयोग गरेको छ ।

एआईले छोटो समयमै विभिन्न विषयहरूमा उत्कृष्ट गुणस्तरका दस्तावेजहरू तयार पार्न सक्छ जसले गर्दा यो खतरा सिर्जना गर्नेहरूका लागि अत्यन्तै प्रभावकारी उपकरण बनेको जेनियन्सले भनेको छ ।

अमेरिकाको वाशिङ्टन डीसीमा रहेको स्टिमसन सेन्टरकी वरिष्ठ अध्येता जेनी टाउन उत्तर कोरियाका ह्याकर र प्रोग्रामरहरू आफ्ना प्रयासहरूलाई अझ प्रभावकारी बनाउन विभिन्न एआई उपकरणहरूको प्रयोग र सदुपयोग गर्न पूर्णरूपमा सक्षम रहेका बताउनुहुन्छ ।

बेलायती ब्लकचेन एनालिटिक्स कम्पनी ‘एलिप्टिक’ को प्रतिवेदनअनुसार सन् २०२५ को पहिलो ९ महिनामा उत्तर कोरियाली ह्याकरहरूले २ अर्ब डलरभन्दा धेरै मूल्यको क्रिप्टोकरेन्सी चोरी गरेका छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.