Alag Dhar

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको ६ वटा सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ । श्रेष्ठलाई गैरकानुनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

रिटमाथि प्रारम्भिक सुनुवाइपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो । हिजो जिल्ला अदालत काठमाण्डौले श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न म्याद दिएको छ ।

वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो । यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.