Alag Dhar

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।

महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढीको जोखिम छ । त्यसैगरी नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेखमा बाढीको जोखिम छ ।

अछाम, कालिकोट, बाजुरा, हुम्ला, बझाङ। दार्चुला, बैतडी डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा पनि बाढीको जोखिम रहको महाशाखाको भनाइ छ  । विशेषगरी पहाडी जिल्लामा छोटो समयमा ठूलो वर्षा भएमा खोला तथा सहायक नदीमा पानीको सतह एक्कासी बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.