भीमसेन पाैडेल/हेटौंडा ।
हेटौंडा -६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा तथा वार्षिकोत्सब शुक्रवार सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि चाैलागाईकाे सभाध्यक्षतामा साधारणसभा भएको हाे ।
साधारणसभामा मेयर लामाले दुग्ध उत्पादक किसानले दूधकाे क्षेत्रमा गरेकाे काम महत्त्वपूर्ण मात्रै नभै कृषि क्षेत्रमा समेत उदाहरणीय काम गरेकाे बताउनु भयाे ।
अहिले नगरकाे धेरै वडामा दुग्ध उत्पादन र विभिन्न कृषि सम्वन्धि काममा उपमहानगरपालिकाले सहयाेग गरेकाे बताउदै भाेलीका दिनहरुमा समेत सहयाेगले निरन्तरता पाउने बताउनु भयाे । उपमहानगरपालिकाले प्रविधिमैत्री, किसानमैत्री र कृषिमैत्री कार्यक्रमलाई जाेड दिएकाे उहाँले बताउनुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष चाैलागाईले संस्थागत प्रतिवेदन, संस्था उपाध्यक्ष एवम कृषक हितकाेषका संयाेजक केशव धितालले हितकाेषकाे प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयाेजक जयराम घिमिरेले लेखा समितिकाे प्रतिवेदन र पशु स्वास्थ्य समितिका संयाेजक सूर्यप्रसाद दुलालले पशु स्वास्थ्य सम्वन्धि प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाकाे अवसरमा विभिन्न विधाका उत्कृष्ट किसान बचतकर्ता, ऋणी, सञ्चारकर्मी, कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियाे । उत्कृष्ट ऋणी तर्फ खिलकुमारी सुवेदी, देवकी तिवारी, उत्कृष्ट बचतकर्ता ध्रुवराज शर्मा, राेशना नेपाल र रामहरि राईलाई पुरस्कृत गरिएको थियाे । यसैगरी बढी दूध विक्री र पशुआहार खरिद गर्ने बासुदेव अधिकारी र अशिष मल्ल, बढी पशु आहार खरिद गर्ने रामनाथ बास्ताेला, बढी दूध विक्री गर्ने रामकृष्ण दुलाल, गुणस्तरीय दूध विक्री गर्ने सूर्यप्रसाद दुलाल र श्यामप्रसाद न्याैपानेलाई समेत पुरस्कृत गरिएको थियाे ।
साधारणसभामा भाडा सफा गर्ने शारदा तिमल्सिना, गाेठ सफा राख्ने गिता भट्टराईलाई पुरस्कृत गरिएको थियाे ।
संस्थाले सञ्चारकर्मी कपिल खडकालाई समेत साधारणसभामा सम्मान गरिएको थियाे । साधारणसभामा संस्था ब्यवस्थापक लक्ष्मण सापकाेटा, सहायक रामकृष्ण दुलाल र बलराम सञ्जेललाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियाे ।
साधारणसभामा हेटाैडा उपमहानगरपालिका ६ नं वडा अध्यक्ष विष्णुबहादुर दाहाल, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायणप्रसाद देवकोटा, पुर्व अध्यक्ष बासुदेव अधिकारी , बासुदेव सापकाेटा,साधुराम चाैलागाई, श्यामप्रसाद न्याैपाने, केशव प्रसाद सञ्जेल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेल, नाैलाे विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, नारायणी दुग्ध सहकारी अध्यक्ष शिव प्रसाद सञ्जेल, चाैघडा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, रानी सामुदायिक वनकी काेषाध्यक्ष गाेमा लामिछाने , मकवानपुर जिल्ला दुग्धकर्मी बचत तथा ऋण सहकारी संघ सल्लाहकार कुमारमणी दहाल, पत्रकार, शेयर सदस्य लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
संस्थाका व्यवस्थापक लक्ष्मण सापकाेटाका अनुसार संस्थामा ३ सय ३० जना शेयर सदस्य आवद्व रहेका छन भने शेयर पूजी १२ लाख८४ हजार नाै सय रहेकाे छ । संस्थाले दुग्ध खरिद,विक्री, पशु आहार खरिद विक्री, पशु विमा लगायतका काम गर्दै आएकाे छ ।