Alag Dhar

चियापानको खर्च कटाएर एमाले हेटौंडा–१३ द्वारा ज्येष्ठ नागरिकलाई ह्वीलचेयर सहयोग


हेटौंडा । चाडपर्वका अवसरमा औपचारिक चियापान तथा शुभकामना आदानप्रदानमा खर्च गर्ने परम्परालाई बदल्दै नेकपा एमाले हेटौंडा–१३ वडा कमिटीले एक ज्येष्ठ नागरिकलाई ह्वीलचेयर सहयोग गरेको छ ।
दशैँ, तिहार तथा छठ पर्वको अवसरमा वडा कमिटीले ९८ वर्षीया भक्तकुमारी ढुंगानालाई करिब ९ हजार रुपैयाँ मूल्यको ह्वीलचेयर प्रदान गरेको हो । वडा कमिटीका सदस्यहरूबाट रकम संकलन गरी गरिएको सहयोगले चाडपर्वलाई सामाजिक सेवासँग जोड्ने प्रयास गरेको छ ।
औपचारिक कार्यक्रमभन्दा आवश्यकतामा परेका नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यले ह्वीलचेयर वितरण गरिएको नेकपा एमाले नगर कमिटी सदस्य तथा वडा इन्चार्ज आशिष थापाले बताए ।
नेकपा एमाले हेटौंडा–१३ वडा कमिटीका अध्यक्ष विष्णु रिमालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला उपसचिव एवं हेटौंडा–१० का वडाध्यक्ष फुर्वा लामा प्रमुख अतिथि थिए ।
कार्यक्रममा बोल्दै लामाले दुःखी, असहाय तथा आवश्यकतामा परेका नागरिकको साथमा एमाले सधैँ उभिने बताए । उनले ज्येष्ठ नागरिकलाई सम्मान, युवालाई साथ र बालबालिकालाई माया गर्दै नागरिकको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एमाले जिल्ला सदस्य कृष्ण खतिवडा, नगर सचिव शान्त गौतम, नगर उपसचिव सन्तकुमार लामालगायतको उपस्थिति रहेको थियो ।

मुख्य समाचार

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यम...
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर...
तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र सा...
खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.