Alag Dhar

खेतमा घाँस काटेको विवादमा आक्रमण स् ३ जना महिला गम्भीर, १ जना पक्राउ

रौतहट । रौतहटको देवानी गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमवार राती भएको सामूहिक आक्रमणबाट ३ महिला गम्भीर घाइते भएकी छिन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्।

सामूहिक आक्रमणबाट वडा ५ टीकुलिया गाउँका महेश महेश तिवारीका छोरीहरू वर्ष २५ की अस्मिता तिवारी, वर्ष १५ की सुस्मिता तिवारी र बचेलाल मुखिया बिनको श्रीमती ४० वर्षीया अनतिया बिन गम्भीर घाइते भएको महेश तिवारीका भतिज राजेश तिवारीले बताएका छन्। अनतियाको टाउकोमा गहिरो खत लागेको, सुस्मिता र अस्मिताको जिउभरि चोटपटक लागेको तिवारीले बताएका छन्।

घटना लगतै घाइतेहरू लाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बारा कलैया स्थित ए प्लस अस्पतालमा लगिएको थियो। घाइतेहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको तथा अवस्था सामान्य हुँदै गएको चिकित्सकले बताएका छन्।

घटनामा संलग्न स्थानीय शङ्कर राय यादवका छोरा वर्ष ४० का शम्भु राय यादव पक्राउ परेको तथा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताएका छन्।

घटना विवरण अनुसार महेश तिवारीको तोरीको खेतमा शङ्कर रायको घरका महिलाहरूले अस्ति आइतबार घाँस काटेका थिए। पाकेर काट्ने समयमा तोरीमा घाँस काट्दा क्षति पुगेको भन्दै महेश तिवारीको छोरी अस्मिताले सोमवार साँझ शङ्कर रायलाई गुनासो गर्दा भएको भनाभनमा विवाद भएको थियो।

विवाद भएपछि शङ्कर राय यादव, छोरा शम्भु यादव र उनको घरका महिलाहरू समेत तिवारीको घरभित्र पसेर दुवै छोरीहरूलाई फलामको रड लगायत प्रयोग गरी कुटपिट गरेको थियो। कुटाई छुटाउन गाएकी छिमेकी अनातिया बिन माथि पनि गम्भीर कुटपिट भएको पीडितले बताएका छन्।

घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटना पछि लुकेर बसेका आरोपी शङ्कर राय यादव पनि गए राती प्रहरी फिर्ता भएपछि घाइते भएको बहाना बनाएर एम्बुलेन्समा उपचार गराउन गएको प्रत्यक्षदर्शीले बताएका छन्।

मुख्य समाचार

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.