Alag Dhar

भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दागर्दै रङ्गेहात पक्राउ

मकवानपुर । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेका छन्। बाराको प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय विशाल मुखियालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो।

मुखिया प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका मुखिया यसअघि नै गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्ति हुन्।

उनलाई मकवानपुर जिल्ला अदालतले किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही सजाय भुक्तानका लागि भीमफेदी कारागारमा रहेका उनी गत २०८२ भदौ २४ गते कारागार तोडेर फरार भएका थिए।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका मुखिया पुनः चोरी कार्यमा संलग्न भएको अवस्थामा फेला परेपछि अहिले बारा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार फरार कैदीले पुनः अपराध गरेको देखिएकाले थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.