Alag Dhar

नेप्से परिसूचक बीस अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।

आज ३५४ कम्पनीको दुइ करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार २४ हजार ५५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड उपसमूहको सूचक शून्य दशमलव ५६ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ४५, विकास बैंक एक दशमलव १८, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव १९, जलविद्युत् एक दशमलव ६३, लगानी शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव ५०, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ ।

सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको रु ५३ करोड ३६ लाख १४ हजार ८४२ बराबरको १५ लाख ९९ हजार ३८४ कित्ता शेयर कारोबार भएको छ । रासस

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.