Alag Dhar

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्याको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन माग गर्दै छानबिनका लागि आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन मागसहित बुधबार ज्ञापनपत्र प्राप्त भएको बताए ।

गत भदौ ३० गते साँझ पञ्चमी बजारमा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनको ह्याकुलेस्थित रमिते भन्ने स्थानमा बीभत्स हत्या गरेको अवस्थामा सोही राति शव फेला परेको थियो । प्रारम्भिक तथ्यहरूले रेश्मिकालाई सामूहिक बलात्कारपछि हत्या गरेको प्रमाण हुँदाहुँदै पनि हालसम्म अभियुक्तहरूलाई पक्राउ नगरेको पीडित परिवार तथा दलित अधिकारकर्मीहरूले आरोप लगाउँदै आएका छन् ।

ज्ञापनपत्रमा घटनामा संलग्न व्यक्तिहरू समाजमा खुलेआम हिँडिरहेकाले पीडित परिवारले असुरक्षा महसुस गरेको भन्दै उनीहरूलाई तत्काल शान्तिसुरक्षा प्रदान गर्न ध्यानाकर्षण गरिएको संयुक्त दलित सङ्घर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालले बताए ।

दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले बलात्कारपछि हत्याजस्तो जघन्य घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धानका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी कुनै पनि दबाब वा प्रभावबिना सत्यतथ्य सार्वजनिक गर्न सरकारसमक्ष माग गरिएको बताइन्

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.