Alag Dhar

‘हुप्रचौर’ आकर्षक र सुविधा सम्पन्न नमुना खुला क्षेत्र बन्दै 

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–४ मा रहेको लोकतान्त्रिक चौर(हुप्रचौर)लाई सुविधा सम्पन्न र आकर्षक खुला क्षेत्रका रूपमा विकास गरिने भएको छ। करिब ३ करोड रुपैयाँको बजेट व्यवस्थापन गर्दै चौरलाई बागमती प्रदेशकै नमुना खुला चौरका रूपमा विकास गर्ने लक्ष्य राखिएको हेटौँडाकी नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो।
उहाँका अनुसार ‘महिला मैत्री सहर निर्माण परियोजना’ अन्तर्गत चौरको मास्टर प्लान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। मास्टर प्लान स्वीकृत भएसँगै निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिनेछ। परियोजना तथा अन्य स्रोतबाट समेत बजेट व्यवस्थापन गरिने नगर प्रमुख लामाले बताउनुभयो।
वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलका अनुसार चौरमा फुटबल, भलिबल र क्रिकेट मैदानलाई थप व्यवस्थित बनाइनेछ। साथै खुला जिम मर्मत तथा विस्तार, बालबालिकाका लागि खेल क्षेत्र, ज्येष्ठ नागरिकका लागि विशेष विश्रामस्थल, बस्ने तथा आराम गर्ने स्थान निर्माण गरिने योजना छ। चौरको गेट र मञ्चलाई पनि थप आकर्षक र सुविधाजनक बनाइने उहाँले जानकारी दिनुभयो।
यसअघि चौर क्षेत्रमा सार्वजनिक शौचालय, हिँड्ने ट्र्याक र भलिबल कोर्ट निर्माण भइसकेका छन् भने क्रिकेट केज निर्माण कार्य जारी रहेको छ। वडा कार्यालयको व्यवस्थापनमा नियमित सरसफाइ र मर्मत हुँदै आएको चौरमा हालै चार वटा हाईमास्ट बत्ती जडान गरी राति पनि उज्यालो बनाइएको छ।
चौरलाई महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा खेलमैत्री बनाउनेतर्फ विशेष ध्यान दिइएको वडा अध्यक्ष सिग्देलले बताउनुभयो।

मुख्य समाचार

हेटौँडामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

हेटौँडामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ ओम्याक्स हल नजिक स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रमम...
सुनचाँदीको भाउ आज पनि घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० ...
आज पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं । आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज दिउँसो र राति पहाडी क्षेत्र तथा तराईका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्...
विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.