Alag Dhar

निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्नुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र राष्ट्र निर्माणको अभिन्न साझेदार भएको बताए । उनले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने धारणा राखे ।

नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे । कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा केही चुनौतीहरू देखिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) रोक्न स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने धारणा राखे । उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ थियो ।

परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्दै राष्ट्रपतिले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा उनले जोड दिए ।

‘निजी क्षेत्र र सरकार बीचको सहकार्य अझै सुदृढ हुन आवश्यक छ । राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार हो,’ राष्ट्रपति पौडेलले भने, ‘स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ । आजको युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी ब्रेन ड्रेन रोक्न सक्छौँ ।’

मुख्य समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्न...
हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको ...
‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते

‘इभी’ दुर्घटनामा भारतीय तीर्थयात्रीसहित छ जना घाइते

म्याग्दी । यहाँको बेनी नगरपालिका–९ जलेश्वर नजिकै आज अपराह्न भएको ‘इभी’ (इलेक्ट्रिक भ्यान) दुर्घटना हुँदा भारतीय तीर्थयात्रीसहित ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.