Alag Dhar

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप अध्यापन गराउने भएको छ । यस अघि साईन्स, सिभिल ईन्जिनियरिङ्ग र व्यावस्थान विषय अध्यापन गराउँदै आएको भुटनदेवी माविले व्यवस्थापनतर्फ होटल म्यानेजमेन्टका साथै शिक्षा विषय शैक्षिक वर्ष २०८३/२०८४ देखि थप गर्न लागेको हो ।

होटल म्यानेजमेन्टको लागि सुविधा सम्पन्न ल्यावको समेत व्यवस्थापन गरिने आईतबार भएको १२ कक्षाको बधाई र विदाई कार्यक्रममा जानकारी गराईएको हो । कार्यक्रममा हरेक कक्षालाई प्रविधि मैत्री, व्यवहारीक र प्रयोगात्मक माध्यमद्वारा कक्षाहरू सञ्चालन गरिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो । उहाँले शिक्षालाई समयसापेक्ष जनशक्ति उत्पादन गर्नको लागि विध्यालय सबै अभ्यास गर्न भौतिक र शैक्षिक सुधारलाई गुणस्तरीय र प्रभावकारी बनाईने बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष विध्यालयका प्रअ सूर्यप्रसाद घिमीरेले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न विध्यालयको प्राथमिकता रहेको बताउनु भयो । शैक्षिक, अतिरिक्त र प्रविधि मैत्री बनाउदै स्मार्ट कक्षा, स्मार्ट विधालय र स्मार्ट शिक्षा बनाउन विध्यालय प्रशासन लागि परेको बताउनु भयो । कार्यक्रममा ११ र १२ संयोजक राम श्रेष्ठ, शिक्षक सरस्वती अधिकारी, विध्यार्थी राधिका थिङ्ग लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कंडेल, सह प्रअ वेदराज कोईरालालयागत शिक्षक र विध्यार्थीको उपस्थिति रहेको थियो ।

विदाई कार्यक्रममा विध्यार्थीहरूलाई कक्षागत सामूहिक फोटो मायाको चिनोको रूपमा प्रदान गर्दै कक्षा १२ को परिक्षाको लागि शुभकामना प्रदान गरेको थियो भने भर्खरै भएको नगरस्तरीय परिक्षामा विध्यालयले कक्षा ८ को नतिजामा ४ जना चार जिपिएसहित विध्यार्थी उत्रिर्ण गराउन सफल भएको छ ।

मुख्य समाचार

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । अधिव...
सुधन र महावीरले लिए शपथ

सुधन र महावीरले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र ...
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौड...
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाण्डौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियो...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.