Alag Dhar

Day: २०८३ बैशाख ७, सोमबार ११:५६

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न नीतिगत तथा कार्यान्वयन सम्बन्धी विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको छ। बैठकमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले हालसम्म गरेका काम तथा प्रगतिको विषयमा विस्तृत जानकारी लिइएको थियो। मन्त्रालयको कार्यसम्पादन, उपलब्धि र चुनौतीबारे समीक्षा गर्दै आगामी दिनमा कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको समितिले जनाएको छ। यसैगरी बैठकले अन्तरप्रदेश अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। अन्य प्रदेशसँगको सहकार्य र सिकाइ आदान–प्रदानमार्फत प्रदेशस्तरीय कामलाई अझ व्यवस्थित बनाउने उद्देश्य राखिएको छ। प्रदेशस्तरमा हस्तकला ग्राम निर्माणको…
Read More
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप अध्यापन गराउने भएको छ । यस अघि साईन्स, सिभिल ईन्जिनियरिङ्ग र व्यावस्थान विषय अध्यापन गराउँदै आएको भुटनदेवी माविले व्यवस्थापनतर्फ होटल म्यानेजमेन्टका साथै शिक्षा विषय शैक्षिक वर्ष २०८३/२०८४ देखि थप गर्न लागेको हो । होटल म्यानेजमेन्टको लागि सुविधा सम्पन्न ल्यावको समेत व्यवस्थापन गरिने आईतबार भएको १२ कक्षाको बधाई र विदाई कार्यक्रममा जानकारी गराईएको हो । कार्यक्रममा हरेक कक्षालाई प्रविधि मैत्री, व्यवहारीक र प्रयोगात्मक माध्यमद्वारा कक्षाहरू सञ्चालन गरिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले बताउनु…
Read More
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो कारोबारको दिन हिजो सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँले बढेर तोलामा ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेकोे छ । चाँदी आज तोलामा ३५ रुपैयाँले तोलाको ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो ९५ रुपैयाँले बढेर ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने सुरज कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्धभूमि-९ इमिलियाका हुन् । पेस्तोल बोकेर हिँड्ने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सुरजको कोठासमेत खानतलासी गर्दा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ दिन म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.