Alag Dhar

पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा : आज पनि पानी पर्ने

काठमाण्डौं । पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज बिहान र गए राति बाग्मती प्रदेशदेखि पूर्वका क्षेत्रमा पानी परेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै इलामको कन्याम जल मापन केन्द्रमा झण्डै ५३ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सुनसरी, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सिन्धुपाञ्चोक, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुली, नुवाकोटलगायतका ठाउँमा पनि पानी परेको छ । काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ ।

यसैबीच आज दिउँसो बागमतीसहित कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले वर्षा गराउने पूर्वतिर केन्द्रित छ ।

यो हप्ताभर नै पानी पार्ने प्रणाली सक्रिय रहने मौसमविद्ले बताएका छन् । प्रि-मनसुनमा मेघगर्जनरचट्याङ्गरहावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मुख्य समाचार

पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा : आज पनि पानी पर्ने

पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा : आज पनि पानी पर्ने

काठमाण्डौं । पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज बिहान र गए राति बाग्मती प्रदेशदेखि पूर्वका क्षेत्रमा पानी ...
चौघडाको कालीपोखरीमा सप्ताह ज्ञान महायज्ञ  शुरु

चौघडाको कालीपोखरीमा सप्ताह ज्ञान महायज्ञ शुरु

हेटौडा । चौघडा ६ कालीपोखरीमा मंगलवार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शुरु भएको छ । नगरवासीहरुको सुख, शान्ति , समृद्धिक...
बीपी राजमार्ग: अपडेट लिएर मात्र यात्रा गर्न अनुरोध

बीपी राजमार्ग: अपडेट लिएर मात्र यात्रा गर्न अनुरोध

काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न स...
राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.