२०८३ बैशाख २३, बुधबार ०४:४३
२०८३ बैशाख २३, बुधबार ०४:४३
काठमाण्डौं । पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज बिहान र गए राति बाग्मती प्रदेशदेखि पूर्वका क्षेत्रमा पानी परेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै इलामको कन्याम जल मापन केन्द्रमा झण्डै ५३ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सुनसरी, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सिन्धुपाञ्चोक, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुली, नुवाकोटलगायतका ठाउँमा पनि पानी परेको छ । काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ । यसैबीच आज दिउँसो बागमतीसहित कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । उच्च क्षेत्रमा हिमपातको सम्भावना…