Alag Dhar

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै

काठमाण्डौं ।आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।

संविधानको धारा २४ मा ‘छुवाछूत तथा भेदभावविरुद्धको हक’ अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ ।

जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले जातीय वा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ ।

यस प्रकारको कार्य गरेमा कसुरको मात्राबमोजिम दुई महिना र २० हजारदेखि एक लाख रुपैयाँसम्म तथा तीन महिनादेखि तीन वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ ।

मुख्य समाचार

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

लक्ष्मीपूजामा मुख्यमन्त्रीको सन्देश : नारी शक्तिको सम्मान गरौँ 

मकवानपुर  । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यम...
पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

पत्रकारिताको आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो : प्रदेश प्रमुख देवकोटा

          हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर...
तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

तिहारको दोस्रो दिन आज कुकुरतिहार र लक्ष्मीपूजा गरिँदै 

मकवानपुर । तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । तिथिको घटबढका कारण दिउँसो चतुर्दशी तिथि र सा...
खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

खोलाभित्रै मेसिन प्रयोग गरेर सडक निर्माण, ऋद्धिसिद्धिबारे छानबिन गर्न स्थानीयको माग

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड क्षेत्रका स्थानीय बासिन्दाले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.